Featured

लकडाउनमा चर्चद्धारा दश लाख वढि रुपैयाँ बराबरको सामाग्री वितरण Ps Dr Subash Subba || Sukumbashi Basti

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

165 Views
Published
लकडाउनमा ४ सय घरधुरीलाई एलशदाई चर्चद्धारा खाद्यान्न वितरण, दश लाख वढि रुपैयाँ बराबरको सामाग्री वितरण

कोरोना भाइरसको सक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेपछि दैनिक जीवन यापन गर्न मुस्किलमा परेका ज्याला मजदुरी गरिखाने विपन्न चार सय घरधुरीलाई राहतस्वरुप एल–शदाई चर्च नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

यही चैत्र १६ गते मंगलबार ललितपुर ढोलाहिटीस्थित अन्तिम विकल्प अस्पतालको परिसरमा ललितपुर महानगरपालिका वडा नं. १४ का वडाका अध्यक्ष रामबाबु महजर्नको सम्वन्यमा विपन्न परिवारका दुई सय घर धुरीलाई र काठमाडौं थापाथलीस्थित सुकम्वासी वस्तीका १ सय ५० घर धुरीलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको हो । र अन्य विभिन्न ठाउँमा ५० घर धुरीलाई राहत वितरण गरिएको कुरा राहत वितण गरिएको हो । राहात वितरण कार्यक्रमका संयोजक आशिष् श्रेष्ठका अनुसार प्रत्येक परिवारलाई १५ केजी चामल,२ केजी दाल, १ लिटर तेल प्रदान गरिएको हो ।

कोरोना भाइरसको कारण दैनिक ज्याला मजदुरी गरिखानेहरु लकडाउनको समयमा नियमित कामबाट वंचित भएका हुनाले राहातस्वरुप खाद्यान्न वितरण गरिएको कुरा एल–शदाई चर्च नेपालका पास्टर सुभाष सुब्बाले जानकारी गराउँनु भयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न नेपाल सरकारले एक साता अघिदेखि लकडाउन गरेको अवस्थामा लकडाउन भएको दिनदेखि ढोलाहिटीस्थित एल–शदाई चर्च नेपालले राहत स्वरुप खाद्यान्न वितरण र काठमाडौंका विभिन्न स्थानमा डयूटीमा खटिएका प्रहरीलाई पानी, हयान्ड सेनिटाइजर र ग्लोब्सलगायत दश लाख वढि रुपैयाँ बराबरको सामाग्री वितरण गरि सकेको कुरा श्रेष्ठले जानकारी गराउँनु भयो । - Turahi News http://turahi.com/news-details/1039/2020-03-30?fbclid=IwAR16qnxTJGoej2Uh_lxlC5HmMeiIuqfAJKNhXCKDDJ9ln-Ly5pcQhUvy-eo
Category
Corona Virus News
Commenting disabled.